दिल्लीको सन्देश: नेपालमा लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि महत्त्वपूर्ण
काठमाडौं, २७ माघ: प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको निर्वाचनका लागि भारतले सहयोग गरेकोमा धन्यवाद दिएकी छिन्। यसमा सवारी साधन लगायत आवश्यक सामग्री उपलब्ध गराइएको थियो।
भारतीय राजदूत श्रीवास्तवले नेपालमा लोकतान्त्रिक प्रक्रियामा सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याए। उनले निर्वाचनपछि नेपालले प्राप्त गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने बताए।
यसपटकको निर्वाचनमा भारतले करिब ६५० वटा साना–ठूला गाडीहरू उपलब्ध गराउने योजना बनाएको छ।