रामेछापमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्यो
रामेछाप — रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ। काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको ९९७५ नम्बरको बस दुर्घटनामा परेको हो।
अरनिको यातायात समितिका अनुसार बसमा जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए। बसमा चालक, सहचालक र बस व्यवसायी गरी जम्मा ११ जना सवार थिए।
दुर्घटनाका क्रममा चालकले हाम फालेर ज्यान जोगाएको स्थानीयले बताएका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।