फेडवासँनको आग्रह: राजनीतिक दलको घोषणापत्रमा खानेपानी र सरसफाइ प्राथमिकता दिनुहोस्
काठमाडौं, २७ माघ: खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाल (फेडवासँन) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलका घोषणापत्रमा सुरक्षित खानेपानी र सरसफाइलाई आधारभूत अधिकारका रूपमा प्राथमिकताका साथ समावेश गर्न आग्रह गरेको छ।
महासङ्घले संविधानले सुनिश्चित गरेको अधिकार कार्यान्वयन गर्न नीतिगत प्रतिबद्धता आवश्यक भएको र सेवा गुणस्तर, शुल्क संरचना अनुगमन, स्वतन्त्र नियामक निकाय स्थापना, स्थानीय तहमा ‘वास योजना’ अनिवार्य कार्यान्वयन जस्ता प्रस्ताव सार्वजनिक गरेको छ।
साथै, बालमैत्री, लैङ्गिक र अपाङ्गता–मैत्री सार्वजनिक शौचालय निर्माण, विद्यालय पाठ्यक्रममा महिनावारी स्वास्थ्य समावेश, र पानी तथा सरसफाइको मानव अधिकार कार्यान्वयनमा राजनीतिक दलले स्पष्ट प्रतिबद्धता जनाउन महासङ्घले आग्रह गरेको छ।