बालेनको कार्यक्रममा लुटपाट: ६ जनाको सिक्री गायब, एक पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साह (बालेन) सहभागी कार्यक्रममा भिडको फाइदा उठाउँदै सिक्री लुटपाट भएको छ। अछाम र कञ्चनपुरमा कम्तीमा ६ जनाको सुनको सिक्री लुटिएको प्रहरीले जनाएको छ।
कञ्चनपुरको झलारी र अछामको साँफेबगरमा बालेन सहभागी कार्यक्रममा सिक्री चोरी भएको हो। सीसीटीभी फुटेजको आधारमा खोजी गर्दा अछाममा पर्साको पकाहा मैनपुर गाउँपालिका–५ का ३१ वर्षीय उमेश राय पक्राउ परेका छन्। उनी पेशेवर चोर भएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार रायसहितको समूहले बालेनका कार्यक्रममा आएका कम्तीमा ४ जनाको सिक्री चोरी गरेको छ। एकजनाबाट एउटा सिक्री बरामद गरिएको छ भने अन्य संलग्नको खोजी जारी छ।