घुस प्रकरण: विद्यालय भवनको मूल्यांकन गर्ने इन्जिनियर पक्राउ
डेढ लाख घुस रकमसहित बर्दियाको बारबर्दिया नगरपालिकास्थित भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्ल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बारबर्दिया-७ मा रहेको जनता माध्यमिक विद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग लिएको घुस रकमसहित मल्ललाई नियन्त्रणमा लिएको हो ।
अख्तियार प्रवक्ता सुरेश न्यौपानेले आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले इन्जिनियर मोहन देव मल्ललाई सेवाग्राहीबाट एक लाख ५० हजार रूपैयाँ रकम लिइसकेको अवस्थामा रकमसहित बिहीबार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए ।