बझाङमा एमालेको १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
नेकपा एमालेले बझाङमा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय सदस्य अफिलाल ओखेडाको संयोजकत्वमा गठन गरिएको कमिटीको सह-संयोजकमा केन्द्रीय सदस्य आशा कुमारी विक रहेकी छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि एमालेका तर्फबाट केन्द्रीय सदस्य तथा बझाङ इन्चार्ज ऐन महर उम्मेदवार छन् ।
यसैबीच, बुधवार पार्टी कार्यालय पानकोटमा सम्पन्न एमाले जिल्ला कमिटी बझाङको विस्तारित बैठकले निर्वाचन लक्षित विभिन्न समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ ।
जिल्ला सचिव नयन बोहराका अनुसार सङ्गठन विस्तार, प्रचार-प्रसार, मतदान व्यवस्थापनलगायत क्षेत्रगत समिति बनाएर कार्ययोजना अघि बढाइएको छ । निर्वाचनलाई प्रभावकारी बनाउन सङ्गठनात्मक परिचालनलाई तीव्र बनाएको सचिव बोहराले बताए ।