काठमाडौँ–७ मा नेकपाको निर्वाचन परिचालन समिति घोषणा, उम्मेदवार वसन्त मानन्धरको प्रतिबद्धता
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी, काठमाडौं निर्वाचन क्षेत्र नं. ७ द्वारा आयोजित निर्वाचन परिचालन समिति घोषणा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार वसन्त मानन्धरले आफ्नो मन्तव्य राख्दै चुनावलाई जनताको पक्षमा निर्णायक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मानन्धरले पार्टी संगठनलाई थप मजबुत बनाउँदै घर–घरमा पार्टीको नीति, सिद्धान्त र कार्यक्रम पुर्याउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो। उहाँले जनताको समस्या र आवश्यकतालाई केन्द्रमा राखेर चुनावी अभियान सञ्चालन गरिने स्पष्ट पार्नुभयो।
कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।