एसईई परीक्षा चैत १९ देखि २९ सम्म हुने
काठमाडौं, ७ माघ — कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ।
शैक्षिक क्यालेन्डरअनुसार एसईई परीक्षा चैतको पहिलो साता हुने तय भए पनि निर्वाचनका कारण परीक्षा सरेको हो। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले चैत १९ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय भएको जानकारी दिए।
उनका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको छ। परीक्षा तालिकासहितको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने बोर्डले जनाएको छ।