रानीबारी क्षेत्रका कवाडी सङ्कलन केन्द्रमा काठमाडौँ महानगरले चलायो डोजर
काठमाडौँ महानगरपालिकाले काठमाडौँको रानीबारी क्षेत्रमा रहेका कवाडी सङ्कलन केन्द्रहरूमा डोजर चलाएर हटाएको छ। बिहीबार महानगर प्रहरी बलले रानीबारी क्षेत्रको टाउनप्लानिङ्गभित्र रहेका दुई वटा कवाडी सङ्कलन केन्द्रमा डोजर चलाएको हो।
बस्तीका बिचमा कवाडी सङ्कलन केन्द्र रहँदा जोखिम हुने भएकाले ती केन्द्रहरू हटाइएको काठमाडौँ महानगर प्रहरी बलले जनाएको छ। महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड सङ्कलन केन्द्रहरू हटाउने भन्दै अभियान नै सञ्चालन गरिरहेको छ। महानगरको यो अभियानका विरुद्ध कवाड व्यवसायीहरूले भने विरोध गर्दै आएका छन्।