विश्व लगानीकर्ता सप्ताह २०२५ का अवसरमा डिजिटल वित्तीय साक्षरता र पुँजीबजार सचेतना कार्यक्रम
विश्व लगानीकर्ता सप्ताह, २०२५ को अवसरमा नेपालको पहिलो स्टक डिलर कम्पनी नागरिक स्टक डिलरले काठमाण्डौं शिक्षा क्याम्पसको सहकार्यमा व्यवस्थापन संकाय अर्न्तगत स्नातकतहका अध्ययनरत ८० भन्दा बढि विद्यार्थीहरुलाई सहभागी गराई डिजिटल वित्तिय साक्षरता तथा पुँजीबजार सम्बन्धी सचेतना अभिबृद्धि कार्यक्रम भव्यता पुर्वक सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा कम्पनीका प्रशासन अधिकृत श्री महेन्द्र नारायण जोशीको प्रस्तुतीकरण रहेको थियो ।प्रस्तुतीकरणमा प्रविधिसँग अभ्यष्त नयाँ पुस्ताका विद्यार्थीहरुलाई डिजिटल वित्तीय साक्षरताको महत्व, डिजिटल प्रणालीको समुचित प्रयोगबाट हुने लाभ साथै प्रविधिको कारण हुनसक्नेजोखिम र रोकथामका उपायहरु, लगानीका सम्भाव्य क्षेत्रहरु अर्न्तगत पुँजीबजारको अवधारणा, नियामक निकाय सम्बन्धी जानकारी,शेयर लगानी गर्नु अगाडी गरिने विश्लेषणका तरिकाहरु लगायत लगानीमा हुनसक्ने जोखिमको व्यवस्थापन उपायहरुका सम्बन्धमा प्रस्तुतीकरणमा औल्याएका थिए ।
कार्यक्रमको अन्त्यमा सहायक क्याम्पस प्रमुख बसन्त राज बरालले कार्यक्रम आयोजनकालागि कम्पनीलाई धन्यवाद दिदै प्रस्तुतीकरणबाटसिकेका बिषय आफ्नो दैनिक जिवनमा अवलम्बन गर्दै सानो सानो बचत गरी लगानीको सुरुवात सहित उज्जवल भविष्य निर्माणमालाग्ने उपयुक्त समय रहेको कुरा बताउनु भयो ।उक्त कार्यक्रमको संयोजन प्राध्यापक शारदा श्रेष्ठले गर्नुभएको थियो भनेकार्यक्रम सञ्चालन नागरिक स्टक डिलरका उप-प्रबन्धक कृष्णजंग थापाले गर्नुभएको थियो ।
विश्व लगानीकर्ता सप्ताह, २०२५ अर्न्तगत नागरिक स्टक डिलरले यहि मंसिर २८ गते ग्रान्ड एकेडेमी ललितपुर, पुष २ गते राजविराजकोक्षितिज एजुकेसन फाउन्डेसन तथा सोही दिन चन्द्रागिरि नगरपालिका वडा नं १४ स्थित ॐ समाज डेन्टल अस्पतालको सभाहलमासमेत सोही प्रकारको कार्यक्रम गर्ने तयारी रहेको छ ।
