जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा थप १५ जना पक्राउ
जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले इलामबाट १५ जनलाई पक्राउ गरेको छ । गत भदौ २४ मा इलामका विभिन्न सरकारी कार्यालय तोडफोड र आगजनी गर्नेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी लक्ष्मी भण्डारीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेहरूमा कमल कुमार हलुवाई, विशाल नौभाङ, पवित्तर मल्लिक, होम बहादुर खवास, आदर्श राई, यादव तिवारी, अर्जुन त्रिखत्री, अन्जु राई, सागर संग्रौला, तेज कुमार बिक, अनिष राई, मोहन बहादुर लिम्बु, सुरज गुरुङ, टिकाराम चौहान र सविन राई छन् ।