झुटो विवरण प्रयोग गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
काठमाडौं । झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का यमबहादुर बस्नेत, झापा कचनकवल गाउँपालिका–३ का कृष्णबहादुर कटुवाल र झापा भद्रपुर नगरपालिका–९ का सूर्यबहादुर खड्का रहेका छन् ।
उनीहरूमाथि नागरिकता, लिखत कीर्ते तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।