पाँचखाल- सुनकोशी खानेपानी आयोजना अन्तिम चरणमा
निर्धारित समयसीमाभन्दा तीन वर्ष ढिलो भए पनि पाँचखाल–सुनकोसी खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ। आयोजनाबाट हाल पाँचखाल नगरपालिकाका करिब ६ हजार परिवारमा पानी वितरण भइसकेको छ, जसबाट ३१ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन्।
बाढीपहिरो, कोरोना महामारी र पूर्वाधार क्षतिका कारण आयोजना ढिलाइ भएको भए पनि हाल करिब ९९ प्रतिशत भौतिक प्रगति भएको छ। सुनकोसी नदीबाट प्रतिसेकेन्ड ८४ लिटर पानी ल्याई प्रशोधन गरेर वितरण गरिएको छ। पुसको दोस्रो सातासम्म आयोजना पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
करिब रु १ अर्ब ४७ करोड लागतमा निर्माण भएको यस आयोजनाबाट सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुने प्रक्षेपण गरिएको छ।