अर्थतन्त्र चलायमान बन्दै गएको छ : अर्थमन्त्री खनाल
ललितपुर । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन् । निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उनले हालैका तथ्याङ्कले आर्थिक गतिविधिमा सुधार देखाएको दाबी गरे ।
मन्त्री खनालका अनुसार पछिल्लो तीन महिनामा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको छ भने उत्पादन र उत्पादकत्व पनि बढ्दै गएको छ । अन्तरिम सरकारले छोटो अवधिमै लगानीमैत्री वातावरण बनाएको भन्दै चिनियाँ लगानीकर्ताबाट सकारात्मक प्रतिक्रिया आएको उनले बताए ।
अर्थतन्त्रमा देखिएका समस्याको समाधान, तरलता व्यवस्थापन र लगानी प्रवर्द्धनका लागि सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको पनि मन्त्री खनालले उल्लेख गरे ।