म्यानमारबाट ४७ जना नेपाली नागरिकको उद्धार
विभिन्न प्रलोभनमा परी म्यानमारका अवैध अनलाइन 'स्क्यामिङ' केन्द्रहरूमा काममा बनाइएका ४७ जना नेपाली नागरिकको उद्धार गरिएको छ।
थाइल्यान्डस्थित नेपाली राजदूतावासले थाइल्यान्डका सम्बन्धित निकायहरूसँगको समन्वय र सहयोगमा उनीहरूलाई उद्धार गरी बुधबार नेपाल फर्काएको हो। उद्धार गरिएका नेपालीहरूलाई नेपाल वायुसेवा निगमको विमान मार्फत काठमाडौँ पठाइएको दूतावासले जनाएको छ।