मकवानपुरबाट ४७० केजी गाँजा बरामद
प्रहरीले मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–३ स्थित पान्द्राङबाट ४७० केजी गाँजा बरामद गरेको छ । बिहीबार बिहान १ बजेतिर नामटारी बाट भैसेतर्फ आउँदै गरेको बोलेरो गाडीलाई पछ्याएर गाँजा बरामद गरिएको मकवानपुरका एसपी सुवास बोहराले बताए ।
प्रहरीले पछ्याएपछि बा.१७ च ४२ नम्बरको बोलेरो पिकअपका चालक गाडी छाडेर फरार भएका थिए । पन्द्राङ स्थित ढुंगाखानी नजिकै चालक गाँजा लोड भएको गाडी छाडेर फरार भएका हुन् ।
१७ वटा बेरामा प्याक गरिएको गाँजा बरामद गरेर लागुऔषध मुद्दामा अनुसन्धान थालिएको एसपी बोहराले बताए । फरार चालकलाई प्रहरीले खोजिरहेको छ ।