प्रभु बैंकका अर्को उच्च अधिकारी पक्राउ
बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप कसूरमा संलग्न रहेको आरोपमा प्रभु बैंक लिमिटेडका रेमिटेन्स विभाग प्रमुख सुगेन (सुजित) शाक्य पक्राउ परेका छन्।
उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएपछि शाक्यलाई बुधबार ललितपुर महानगरपालिका-११, ईखांछेबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ।