रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय रौतहटले फैसला कार्वान्यन अभियान अन्तर्गत २२ जना फरार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ।
अदालतबाट कैद तथा जरिबाना तोकिएर लामो समयदेखि फरार रहेका विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको हो।
बहुविवाह, चेक बाउन्स, जालसाजी, सामाजिक अपराध, कुटपिट र लेनदेनसम्बन्धी मुद्दामा संलग्न प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा शिव कुमार राई ,कल्लाम, सन्तोष साह, राजकिशोर साह, आनन्द तिवारी , सुशील यादव , सुनीता बैठा, दशरथ दास ततमा, शिव दास ततमा, सनारपतिया ततमाईन, बिचय दास ततमा, रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बिष्णुप्रदीप बस्यालले बताएका छन्।
त्यस्तै गंगाराम राय यादव, शिवकली देवी ,रुबी कुमारी पाल, रेवती देवी पाल, बन्हु राउत पाल, राजेश्वर महतो तुनिया, महादेव राय कुर्मी, विपती देवी, गाईत्री देवी , गंगामाया श्रेष्ठ, ओम नारायण महतो समेत पक्राउ परेका छ्न।
पक्राउ परेका प्रतिवादीहरु बाट कुल कुल २९ हजार ६०७ रुपैयाँ जरिवाना र ११ महिना २५ दिन कैद सजाय भुक्तानीको लागि बिहीवार रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको प्रवक्ता तथा डिएसपी बस्यालले बताएका छन्।