काठमाडौं महानगरले नदी किनार र सार्वजनिक जग्गा संरक्षणका लागि तारबार गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदी किनार र अतिक्रमणको जोखिममा रहेका सार्वजनिक जग्गा संरक्षणका लागि तारबार गर्ने भएको छ । महानगरको सार्वजनिक निर्माण विभागले यससम्बन्धी कार्य अघि बढाएको हो ।
विभागले महानगरअन्तर्गतका सबै ३२ वटै वडालाई पत्राचार गर्दै तारबार आवश्यक पर्ने खोला किनार र सार्वजनिक जग्गाको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेटअनुसार ‘कोरिडोर फेन्सिङ वर्क्स’ कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ ।
महानगरका अनुसार आवश्यक खरिद प्रक्रिया सुरु भइसकेको छ । वडाबाट विवरण प्राप्त हुनासाथ नदी किनार र सार्वजनिक जग्गा संरक्षणको काम अघि बढाइने छ ।