जीवित देवीबाट टीका लगाइँदै
यहाँको तलेजु मन्दिरमा जीवित देवीका रूपमा पुजित एकान्त कुमारीबाट स्थानीयले टीका लगाएका छन् । साथै तलेजुका मूल पुजारी, नाइके, जोशी,
नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार आफूहरूले जीवित देवीबाट टीका लगाएपछि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । अहिले स्थानीय बालदेखि वृद्धसम्मले टीका लगाइरहेका छन् ।
यसैबीच, फूलपातीका दिन दसैँघरमा ल्याइएका तलेजु भवानीसहितका देवीदेवताका प्रतिमालाई पुजारीहरूले देवगृहमा स्थापित गरेका छन् ।