काठमाडौंको टेकु दोभानमा एक युवती मृत फेला
काठमाडौं । काठमाडौंको टेकु दोभानमा एक युवती मृत फेला परेकी छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपलिका-१२ टेकस्थित टेकु दोभानमा २२ वर्षीया रितु मगर मंगलबार मृत फेला परेकी हुन् ।
काठमाडौं महानगरपालिका-१६ म्हैपी बस्ने मगरको घर काभ्रे भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।