नवदुर्गा नाचसँगै दसैँको समापन
पाटनको ऐतिहासिक मूलचोकमा ठेचो नवदुर्गा नाच सम्पन्न भएको छ। यो नाच सम्पन्न भएसँगै यस क्षेत्रमा दसैँ पर्व पनि सकिएको मानिन्छ।
ठेचोस्थित देवीको घरबाट सुरु भएको यस धार्मिक यात्रामा सहभागी देवगणहरूले परम्परागत पोसाक र मुखुण्डोमा सजिएर मुख्य देवी (मु द्यः), अन्य मुखुण्डोहरू, पोसाक, गहना र खर्पन बोकेर ऐतिहासिक मूलचोकसम्म ल्याएका थिए।
ठेचो नवदुर्गा नृत्य वर्षमा दुईपटक प्रदर्शन गरिन्छ— एकपटक दसैँको अवसरमा र अर्कोपटक योमरी पुन्हीको अवसरमा।
यो नृत्य गर्ने समूहमा जम्मा ११ नर्तकहरू हुन्छन्। उनीहरूले भैरव, सीमा, धुम्बा, गणेश, बराही, चामुण्डा, भ्रामायनी, महेश्वरी, वैष्णवी, कुमारी र इंद्रायणीको मुखौटा सजिएर नृत्य प्रस्तुत गर्छन्।