जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ५ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ५ जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका-२ स्थित ढकालटारबाट सोही ठाउँ बस्ने नुवाकोट ताडी गाउँपालिका-१ घर भएका ३२ वर्षीय विशाल तामाङ समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार २ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।