नेपालका लागि पूर्व अमेरिकी राजदूत मलिनोस्कीको निधन
नेपालका लागि पूर्व अमेरिकी राजदूत माइकल ई. मलिनोस्कीको निधन भएको छ । नेपालका लागि वर्तमान अमेरिकी राजदूत डिन आर. थम्सनले मलिनोस्कीको निधनको पुष्टि गरेका हुन् ।
माइक्रो ब्लगिङ वेबसाइट एक्समा थम्सनले एउटा पोस्टमा मनिलोस्कीको निधनले आफू मर्माहत भएको लेखेका छन् । मलिनोस्कीले सन् २००१ देखि सन् २००७ सम्म नेपालका लागि अमेरिकी राजदूतको रूपमा काम गरेका थिए ।
नेपाल आउनु अघि उनले फिलिपिन्स, अफगानिस्तान र मेक्सिकोलगायत देशमा विभिन्न कूटनीतिक पदमा रहेर काम गरेका थिए । नेपाल र पाकिस्तानमा गरेको कामका लागि उनलाई अमेरिकी कूटनीतिक नियोगमा योगदान गरेबापत दिइने उच्च पदक ‘सुपेरियर अनर अवार्ड’ले पनि सम्मानित गरिएको थियो । कूटनीतिमा आउनु अघि मलिनोस्की शिक्षक थिए ।