गाजा खेतीको अध्ययन गर्नका लागि १ महिनाभित्र नियमावली बनाउनेछु: गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाजा खेतीको अध्ययन गर्नका लागि गृहमन्त्रालयले १ महिनाभित्र नियमावली बनाउने बताउनुभएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा शुक्रबार उहाँले गाजा खेतीको बारेमा अध्ययन गर्न र औषधिजन्य प्रयोजनका लागि खुला गर्ने गरी १ महिनाभित्र नियमावली बनाउने बताउनुभएको हो ।
गाजा खेतीका लागि कानून बनाउने नेतृत्व गृहमन्त्रालयले नै गर्ने र गाजा खेती अध्ययनमा पदभार ग्रहण गरेदेखि चासो दिएको उहाँको भनाइ छ ।
सोही छलफलमा गृहमन्त्री लामिछाने गाजा खेती अध्ययन गर्न बनेको समितिले छिट्टै प्रतिवेदन दिने बताउनुभयो ।