'धेरै पछि ३० प्रतिशत भन्दा कम आकारको बजेट आएको छ' : सांसद वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको आकारलाई हेर्दा धेरै पछि ३० प्रतिशत भन्दा कम आकारको बजेट आएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै उहाँले सधैं बजेटलाई बढाएर ल्याउने र मध्यावधि समीक्षाबाट सुकाउने गर्दा बजेटको विश्वसनीयतामा प्रश्न उठाएको टिप्पणी गर्नुभएको हो ।
उहाँले भन्नुभयो,-‘हाम्रो अर्थतन्त्रको आकारलाई हेर्दा धेरै पछि ३० प्रतिशत भन्दा कम आकारको बजेट आएको छ । जिडिपीको अनुपातमा यस पालिको बजेट घटेर आएको छ । १७ खर्ब ५१ अर्बको बजेट करिब १३ खर्ब ५१ अर्बमा सीमित होला जस्तो देखिन्छ । गत वर्षको तुलनामा अहिलेका अर्थमन्त्रीले १८ खर्ब ६० अर्बको बजेट ल्याएका छन् । निरपेक्ष रूपमा बजेट बढेको जस्तो देखिए पनि हामीले सापेक्ष रूपमा विशेषण गर्नुपर्ने हुन्छ ।’