'विद्युतीय सवारीमा लगाइएको कर फिर्ता लिन मिल्छ भने लिइयोस्’: सांसद लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसद राजेन्द्र लिङ्देनले विद्युतीय सवारीमा लगाइएको कर उचित नरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बजेटमाथिको छलफलमा भाग लिंदै उहाँले यस्तो बताउनुभएको हो । विद्युतीय सवारीमा लगाइएको कर फिर्ता लिन मिल्छ भने लिंदा राम्रो हुने उहाँको तर्क छ ।
विद्युतीय सवारीमा कर लगाइयो त्यो चाहीं अर्थमन्त्री वर्षमान पुनले फिर्ता लिन मिल्छ भने लिंदा राम्रो हुने उहाँले बताउनुभयो ।