मुख्यसचिवको निलम्बनपछि कसले सम्हाल्छ कर्मचारी प्रशासन ?
काठमाडौं । अन्तःशुल्क स्टिकर खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै मुख्यसचिव डा। वैकुण्ठ अर्याल निलम्बनमा परेका छन् र कर्मचारी वृत्तमा चर्चा सुरु भइसकेको छ, अब निजामती कर्मचारी प्रशासनको मुख्यसचिव को रु
भ्रष्टाचारको मुद्दा लाग्दैमा कर्मचारी बर्खास्तीमा पर्दैनन्, अदालतले फैसला नगर्दासम्म निलम्बनमा मात्र पर्ने हो । त्यसकारण आइतबार विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दामा ३१ जेठ २०८३ भित्र भ्रष्टाचार ठहर भएमा मुख्यसचिव पद स्वतः पद रिक्त हुन्छ । सफाइ पाएमा अर्याल मुख्यसचिव पदमा फर्किने सम्भावना पनि हुन्छ ।
त्यसैले तत्कालका लागि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका मध्येबाट वरिष्ठतम सचिवलाई निमित्त मुख्यसचिव बनाउन सक्छ । त्यो अवस्थामा प्रधानमन्त्री कार्यालयकी कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी पाउने सम्भावना छ ।
उनी २७ कात्तिक २०७७ मा सचिवमा बढुवा भएकी हुन् । प्रधानमन्त्री कार्यालयमा हाल गड्तौलासँगै कृष्णहरि पुष्कर ९प्रशासन०, नारायण शर्मा दवाडी ९विकास व्यवस्थापन०, सरजुकुमार वैद्य ९इन्जिनियरिङ० र खगेन्द्रप्रसाद नेपाल ९विशेष दरबन्दी० सचिवहरु कार्यरत छन् ।
तर, प्रधानमन्त्री कार्यालय मातहत नै रहेका राष्ट्रिय योजना आयोग, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय तथ्यांक कार्यालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवहरुमध्येबाट यस्तो छनोट गरिएमा योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पनि निमित्त मुख्यसचिव बन्न सक्छन् । ज्ञवालीले आगामी भदौमा सचिव पदबाट अवकाश पाउँदैछन् ।