राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर आज कति तोक्यो त...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बिहीबार बेलायती पाउण्ड, यूरोको विदेशी विनिमयदर बढ्दा अमेरिकी डलर र कतारी रियालको विनिमय दर भने झिनो अंकले घटेको हो । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३८ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९८ पैसा पुगेको छ।
यूरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ १६ पैसा रहेको हो। त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १ सय ७० रुपैयाँ १६ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ९२ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।