पेट्रोलमा-डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा ३, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको हो । निगम सञ्चालक समितिको शनिबारको निर्णयानुसार इन्धनको मूल्य घटाउने निर्णय भएको छ । निगमले घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने जनाएको हो ।
मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १ सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत, दाङमा १ सय ६४, तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा १ सय ६५ रुपैयाँ मूल्य कायम भएको छ ।
त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत १ सय ४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत १ सय ५१ र तेस्रो वर्गअन्तर्गत १ सय ५२ रुपैयाँ मूल्य कायम गरिएको निगमले जनाएको हो ।