समाजवादीका नेता झलनाथको नाम जोडिएको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार भएको अदालतको ठहर
काठमाडौं । विशेष अदालतले नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उक्त प्रतिष्ठानमा भ्रष्टाचार गरेको आरोप लागेका ५ जनालाई दोषी ठहर गरेको हो ।
मधेश प्रदेशका तत्कालीन मन्त्री विजयकुमार यादव, प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय दोषी ठहर भएका छन् ।
लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन् ।