१ अर्ब रूपैयाँ अपचलन गरेको आरोपमा कृषि विकास सहकारीका अध्यक्ष थापासहित ४ जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरेर कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापासहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ ।
करिब १ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा अपराध अनुसन्धान कार्यालयलको टोलीले उनीहरुलाई गत जेठ ३२ गते पक्राउ गरेको थियो । २ हजार भन्दा बढी बचतकर्ताको उजुरीका आधारमा छानबिनका क्रममा उक्त सहकारीका सञ्चालकहरूले २ अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीबाट ९४ करोड २३ लाख ४२ हजार हिनामिना गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।
पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–११ घर भई काठमाडौंको गोकर्ण बस्ने सोही सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णिकार, सहकारीका सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटा रहेको अनुसन्धान कार्यालयलका प्रमुख वरिष्ठ प्रहरी निरीक्षक सानुराज भट्टराईले बताउनु भएको छ ।
पक्राउ परेका चारै जनालाई आइतबार नै सहकारी ठगीको कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको उहाँले बताउनु भएको हो ।तेजविक्रम
अध्यक्ष र उनकी पत्नी सजना व्यवस्थापकको जिम्मेवारीमा भएको उहाँले बताउनु भएको छ। सहकारीका ५६६ जना बचतकर्ताले आफूहरुको ९४ करोड २१ लाख ४२ हजार रुपैयाँ वचत फिर्ता नगरेको भन्दै ठगीमा उजुरी दिएको अनुसन्धान कार्यालयलले जनाएको हो ।