कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय छानविन समिति गठन हुनसकेन: रास्वपा सांसद मनिष झा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपाली कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय छानविन समिति गठन हुन नसकेको बताउनुभएको छ।
शुक्रबार नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । संसदीय समिति गठनका लागि टिओआरमा सहमति जुटिसकेको अवस्था कांग्रेसले एकपक्षीय रूपमा विभिन्न शर्तहरू थपेर पठाएको उहाँले आरोप लगाउनुभयो ।
उहाँले आफूहरूले सदनमा जवाफ दिन पाउनुपर्ने र सबै समस्याको एकमुष्ट समाधान खोज्नुपर्ने मात्रै रास्वपाको अडान रहेको धारणा राख्नुभएको छ । समितिगठनका लागि टिओआरमा आफ्ना नेताहरू समेत सहभागी भएको अवस्थामा रास्वपा संसदीय समितिका लागि तयार छैन भनेर भन्न नमिल्ने उनको भनाइ छ ।
विगतको ३४ वर्षमा कांग्रेसले के के गर्यो भन्ने सबै जानकारी रहेको बताउदै सांसद झाले रास्वपामाथि लागेको दाग राजनीतिक विषय नभएको बताउनुभयो।