बागमतीसहित ४ प्रदेशमा आज मेघगर्जन/चट्यांगसहित वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
शनिबार बिहान कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहेको हो । साथै बाँकी तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको छ। त्यस्तै, कोशी, गण्डकी, कर्णाली प्रदेश र बाँकी पहाडी भू-भागमा केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्का वर्षाको समेत सम्भावना रहेको हो। त्यस्तै, देशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
शनिबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएको हो । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको छ। त्यस्तै, कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।