भंगहा-जनकपुर-जयनगर रेल सेवा आजदेखि पुनः सञ्चालनमा
काठमाडौं । भंगहा–जनकपुर–जयनगर रेल्वे सेवा मंगलबार बिहानदेखि पुनः सञ्चालन भएको छ ।
भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा सोही सेवा बन्द गरिएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुवनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा शुरु भएको हो ।
नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गतेसम्म रेलसेवा बन्द गरेको थियो ।