सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउनका लागि बनेको कार्यदलको बैठक आइतबार बिहान बस्ने भएको छ ।
सोही बैठक सिंहदरबास्थित कानून मन्त्रालयमा आइतबार बिहान साढे ८ बजेदेखि शुरु हुने भएको हो । सोही कार्यदलमा कानूनमन्त्री पदम गिरीको नेतृत्वमा नेपाली कांग्रेस सहमहामन्त्री जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका छन् ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष दल कांग्रेसको शनिबार साँझ बसेको बैठकले सहकारी ठगी प्रकरणमा कार्यदल गठन गरेको हो । कार्यदलले छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने भएको छ ।