सुनको मूल्य आज हाल्लसम्मकै उच्च बिन्दुमा, तोलामा करिब १ लाख ४१ हजार रूपैयाँ
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य आइतबार १ हजार ६ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँमा कारेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । साथै तेजाबी सुनको मूल्य भने तोलामा १ लाख ४० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।
यसअघि गत शुक्रबार सुन तोलामा १ लाख ३९ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६ सय ५० रुपैयाँ थियो ।
त्यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मुल्य तोलामा १ सय १० रुपैयाँले बढेको हो । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।