कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ ।
सोमबारको राष्ट्रिय सभा बैठकमा पनि कांग्रेसका सांसदहरुले उठेर बिरोध जनाएपछि बैठक स्थगित भएको हो । कांग्रेसको बिरोधपछि बैठक मंगलबार सवाँ १ बजेसम्मका लागि स्थगित भएको छ । सोही क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाही अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरुमाथि औंला ठड्याउने काम भइरहेको बताउनुभयो ।
राष्ट्रिय सभा सबै समस्या हल गर्ने थलो भएकाले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन पनि उहाँले आग्रह गर्नुभएको थियो । अध्यक्ष दाहालको आग्रहपछि पनि कांग्रेसले उठेर बिरोध जनाएपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको अध्यक्ष दाहालले घोषणा गर्नुभएको छ ।