राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर आज कति तोक्यो त...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ३२ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४४ रुपैयाँ १३ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ७९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ २८ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ०५ पैसा रहेको हो । त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।