विदेशी मुद्राको विनिमय दर आज यस्तो छ…
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६४ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ १७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ९२ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ६८ पैसा रहेको हो। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।