सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग आज छलफल गर्दै
काठमाडौं । सभामुख देवराज घिमिरेले शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्नुहुने भएको छ ।
सभामुख घिमिरेको सचिवालयका अनुसार सभामुखले शनिबार दिउँसो २ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लाग्नुभएको हो । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र विपक्षबीच धकेलाधकेलको अवस्था समेत सिर्जना भएको थियो ।