काठमाडौं महानगरले नीति-कार्यक्रम र बजेट बनाउनका लागि सुझाव माग्यो
काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रित तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ ।
स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको हो ।
हटलाइन ११८० मार्फत वा काठमाडौं महानगरपालिकामा स्वयं उपस्थित भएर उपलब्ध गराइदिन इच्छुक सबैमा महानगरको अनुरोध गरेको छ ।