आगामी वर्षको बजेट संसदमा आउनु भन्दा अघि नै कांग्रेससँग सहमति हुन्छ: प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदम २ महिनादेखिको अवरोध आइतबार राति र सोमबारसम्ममा अन्त्य हुने बताउनुभएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिंदै उहाँले संसदमा रहेको अवरोधको बारेमा प्रतिपक्षी नेपाली कांग्रेससँग निरन्तर रुपमा छलफल भइरहेकाले निष्कर्ष निस्किन लागेको बताउनुभएको हो । आइतबार पनि आफूले संसदमा जारी रहेको अवरोध हटाउन संवाद गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,-‘सदन अवरोधबीचमा मैले जवाफ दिंदा अप्ठ्यारो भएको छ । गतिरोध अन्त्यको पहलसहति छलफल गरिरहेको छु । कांग्रेस सभापतिको घरमा पुगेर मैले आजै संवाद गरेको छु । हामी छलफलबाट निष्कर्ष नजिक पुगेका छौं । सहमति जुट्छ । बजेट आउने बेलासम्म सहमति भइसक्छ । आज बेलुका वा भोलिसम्म सहमति हुन सक्छ । मैले निरन्तर पहल गरिरहेको छु ।’