मधेश प्रदेशका ४ वटा जिल्लाका सीमानाका ३ दिनसम्मका लागि बन्द
काठमाडौं । मधेश प्रदेशका ४ वटा जिल्लाका सीमानाका ३ दिनसम्मका लागि बन्द भएका छन् ।
भारतीय सीमासँग जोडिएका मधेश प्रदेशका ४ वटा जिल्लाका सीमानाका शुक्रबार राति १२ बजेदेखि ३ दिनसम्मका लागि बन्द भएका हुन् । भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लामा हुन लागेको चुनावका लागि सिरहा, धनुषा, सप्तरी र महोत्तरीका सीमानाका बन्द भएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।
सोमबार भारतको मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले शुक्रबारराति १२ बजेदेखि पर्सी सोमबार राति १२ बजेसम्म नेपाल–भारत सीमानाका बन्द रहने भएका हुन् ।
त्यस्तै, मधुवनीमा हुन लागेको चुनावलाई लक्षित गरी नेपालको एक मात्र रेलवे सेवा पनि शनिबारदेखि ३ दिनसम्मका लागि बन्द गरिएको छ । भंगाह–जनकपुरधाम–जयनगर खण्डमा सञ्चालन हुने रेल सेवा ३ दिनसम्म बन्द गरिएको रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभएको हो ।
सोही रेल्वे सेवा मंलबारदेखि नियमित रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।