विदेशी मुद्राको विनिमय दर आज कति छ त…
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६४ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ६४ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ २९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ७४ पैसा रहेको हो। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।