देशैभरी आज मेघगर्जन/चट्यांगसहित भारी वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
सोमबार बिहान कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको हो । त्यस्तै, बाँकी भू-भागमा भने मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। साथै कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।
सोमबार दिउँसो भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली रहने भएको हो। देशको पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हावाहुरी-हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी-हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो।
सोमबार राति भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने भएको हो । कोशी, मधेश, बागमती र गण्डकी, लुम्बिनी प्रदेश र बाँकी पहाडी भू-भागहरुका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हावाहुरी-हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।
कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षको पनि सम्भावना रहेको हो । त्यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी/ हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।