काठमाडौंका मेयर साहको चेतावनीपछि फोहोर बोक्ने गाडीका ४ जना चालक रिहा
काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने गाडीका ४ जना चालक रिहा भएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सोमबार राति सामाजिक सञ्जाल मार्फत नियन्त्रणमा लिइएका चालकहरूलाई प्रहरीले रिहा गरिएको जानकारी गराउनुभएको हो ।
साहले सोमबार साँझ नै सामाजिक सञ्जालबाट सोही चालकलाई प्रहरीले नछोडेसम्म नेताका घर र सिंहदबार लगायतका स्थानको फेहोर नउठाने चेतावनी दिनुभएको थियो ।