सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेका छन्: अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताउनुभएको छ ।
काठमाडौंमा शुक्रबार देवशंकर पौडेलेको लिखुसँग आत्मसमर्पण विमोचन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको बताउनुभयो । अहिलेको राजनीतिमा सबै भन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण रहेको उहाँको भनाइ छ ।
भ्रष्टाचारले नेता, कार्यकता र देश बिग्रिएको पनि उहाँले बताउनुभयो । समाज विकृति र विसंगतिका कारण बिग्रिरहेको उहाँको तर्क छ । देशको योजना बनाउँदा हावादारी योजना बनाउन नहुने पनि उहाँले बताउनुभयो ।
अध्यक्ष नेपालले आफूहरु नेपालको राजनीति सहज ढंगले अघि बढ्नुपर्ने पक्षमा रहेको बताउनुभएको छ । नेतृत्वमा बस्नेहरुले जनताको चाहना, पीडा र वेदनालाई सम्बोधन गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पुर्याउन जरुरी रहेको अध्यक्ष नेपालको भनाइ छ ।