सुन-चाँदीको मूल्य आज पनि बढ्यो, सुन तोलामा करिब १ लाख ४२ हजार रूपैयाँ
काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुन-चाँदीको मूल्य बढेको छ ।
सोमबार सुन तोलामा ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका अनुसार छापावाला सुन आइतबार १ लाख ४० हजार ९ सय सय रुपैयाँमा कारोबार भएकामा सोमबारका लागि १ लाख ४१ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, तेजाबी सुन आइतबार १ लाख ४० हजार २ सय रुपैयाँमा कारोबार भएकामा सोमबारका लागि १ लाख ४१ हजार १ सय रुपैयाँ निर्धारण गरिएको महांघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि सोमबार तोलामा ३० रुपैयाँले बढेको हो। आइतबार चाँदी १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो । सोमबार भने चाँदीको मूल्य १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।