तनहुँमा खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जना युवाको मृत्यु
काठमाडौं । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरह खोलामा शनिबार पौडी खेल्ने क्रममा डुबेर २ जना युवाको मृत्यु भएको छ ।
बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हिरा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो । ६ जना साथी मिलेर खोलामा पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनुभयो। अन्य ४ जना सकुशल रहेको उहाँको भनाइ छ ।
मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो।